शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण
समाचार

काठमाडौं उपत्यकामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण

भदौ २६,

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना भएको बताउनुभयो । यो संख्या हालसम्मकै उच्च हो ।

काठमाडौंमा ६२० तथा भक्तपुर ३८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रियाहरु