शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौँ गोकर्नेश्वोर नगरपालिकाको दक्षिण ढोकामा १२० जनाद्वारा रक्तदान
गोकर्नेश्वोर बिशेष

काठमाडौँ गोकर्नेश्वोर नगरपालिकाको दक्षिण ढोकामा १२० जनाद्वारा रक्तदान

२६ भद्र, काठमाडौँ |

काठमाडौँको  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७  दक्षिण ढोकामा आज दक्षिण ढोका उत्थान युवा क्लवको नेतृत्वमा र  मूल ढोका एकीकृत युवा क्लब र  गोकर्णेश्वर नगरपालिका स्वयंसेवक  परिचालक समितिको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १२० जनाले रक्तदान गरेका छन् |

No description available.

दक्षिण ढोका उत्थान युवा क्लवका अध्यक्ष राजेश लामा  (जिम्बा) को सभापतित्वमा उक्त रक्तदान कार्यक्रम भएको थियो भने  सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल प्रमुख अतिथिको रुपमा रहेका थिए |तेस्तै   वडा नम्बर ७ र ९ गरि  दुई वडाका वडाअध्यक्ष, गोकर्णेश्वर नगरपालिका स्वयंसेवक  परिचालक समितिको  प्रमुख दीपक लामा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो | कार्यक्रम संचालक समाजसेवी सम्भु प्रसाद अधिकारीले गरेका थिए |

No description available.

“लक्डउनको  समयमा कोरोना भाइरसको महामारीको बेला रगत दिने मानिस नभेट्ने  र रक्तदान कार्यक्रमहरु पनि नभएर रगतको अभाव हुने कारणले गर्दा रक्तदान कार्यक्रम राखेर रगत  संकलन गरेर रेडक्रस सोसाइटी सम्म पुर्याउने एउटा पुलले काम गरेको” क्लवको अध्यक्ष राजेश लामाले बताए | त्यस्तै “हाम्रो गोकर्णेश्वर नगरपालिकाका विभिन्न ठाउँहरुमा खाना खुवाउने काम, राहात  वितरण र पछिल्लो समयमा रक्तदान  कार्यक्रमहरु गर्दै आइरहेको”  गोकर्णेश्वर नगरपालिका का प्रमुख सल्लाहकार दीपक रिसालको भनाइ छ |

No description available.

रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि सुरु भएको थियो भने दिनको १  बजे समापन भएको थियो

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु