शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मृतक कार्कीको परिवारलाई सवारी चालक समितिको आर्थिक ५० हजार सहयोग
आर्थिक

मृतक कार्कीको परिवारलाई सवारी चालक समितिको आर्थिक ५० हजार सहयोग

भदौ २५,

रामेछाप । रामेछाप जिल्ला सवारी चालक समितिले एक जना चालकको मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ । उनको गत भदौ १९ गते मृत्यु भएको थियो । कोष तथा लेखा नियन्त्रणको कार्यालय रामेछापका पूर्व सवारी चालक भैरवबहादुर कार्कीको परिवारलाई जिल्ला सवारी चालक समितिले मृतक कार्कीको घरमै पुगेर ५० हजार १ सय रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

कार्कीले गत असार मसान्तमा कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका प्रमुख उमाकान्त आचार्यको दवाबमा काम छोडेका थिए । कार्कीको आर्थिक अवस्था सोही चालक पेशाबाट धानिदै आएको भएपनि प्रमुखले, कार्कीले चलाएको गाडीमा आफू नचड्ने शर्त रखेकाले  काम छोडेको उनकी श्रीमती शोभा कार्कीले जानकारी दिईन् ।

उनले जबर्जस्ती लामो समयदेखि गर्दै आएको काम एक्कासी प्रमुखको दबावमा परेर छोड्नु परेका कारण मानसिक तनावमा परेको र उनको मृत्यु भएको पारिवारले बताएका छन् । सोही घट्नामा दुख ब्यक्त गर्दै जिल्ला सवारी चालक समितिले कार्कीको परिवारलाई समितिको संयुक्त संचालनमा एक मुस्ट रकम हस्तान्तरण गरेको हो । कार्कीको आचार्य रामेछाप जिल्लाबाट सरुवा भएकै दिन उपचारको लागि काठमाडौं लादै गर्दा बाटैमा ज्यान गएको थियो ।

सहयोग विवरण

फेसबुक प्रतिक्रियाहरु