शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थलीमा फुड बैंक हुँनेले दिएर जाऔँ, नहुँनेले लिएर जाँऔ
रामेछाप बिशेष

मन्थलीमा फुड बैंक हुँनेले दिएर जाऔँ, नहुँनेले लिएर जाँऔ

भदौ २५,
रामेछाप । रामेछाप सहयोगि मनहरु (रासम) को अगुवाइमा रामेछापको सदरमुकाम मन्थलीमा बिहिबार देखि फुडबैंक सञ्चालनमा आएको छ ।  “हुँनेले दिएर जाँउ, नहुँनेले लिएर जाँउ” भन्ने नारा सहित सुरुवात गरिएको उक्त स्थानमा हुनेले दिन र नहुनेले लिनका लागि रासमले आग्रह गरेको छ ।

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले छाक टार्न मुस्कील भएका हरुलाई खाद्य सामाग्री दिएर फुड बैक को उद्घाटन गरिएको हो ।  सो अबसरमा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष नबिन थापामगर लगाएतले खाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

मुलुकमा कोभिड–१९ को महामारीका कारण भएको लकडाउनले छाक टार्न मुस्कील परेका नागरिक हरुलाई लक्षित गरि आफुहरुले यो अभियान सञ्चालन गरेको रासम का सदस्य अप्रिल अधिकारीले जानकारी दिनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु