बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आजदेखि रामेछापमा यी काम गर्न पाईन्छ
रामेछाप बिशेष

आजदेखि रामेछापमा यी काम गर्न पाईन्छ

भदौ २६,
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जारी निषेधाज्ञालाई खुकुलो बनाएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञालाई केही खुकोलो बनाएको हो । गत भदौ ५ गतेबाट जारी गरिएको दोस्रचरणको निषेधाज्ञा आज राति १२ बजेसम्मको लागि लागू गरिएको थियो ।

प्रशासनको निर्णयअनुसार आजदेखि जिल्लामा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्दै सार्वजनिक यातायात पनि संचालन हुने छ ।

त्यस्तै अत्यावश्यक सेवा अन्तर्गतका औषधी पसल र स्वास्थ्य सामग्री बिक्री गर्ने पसलहरु नियमित सञ्चालन गरिने भएको छ । सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य वस्तु, दुध, तरकारी, फलफूल, माछामासु, स्टेशनरी, इलोक्ट्रोनिक अन्य पसलहरु दिउँसो अपरान्ह् ४ : ०० बजेसम्म खुल्ने भएका छन् ।

त्यस्तै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी टक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा सञ्चालन गर्ने पनि दिईन जारी सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु