शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भारत–चीन तनाव कम गर्न दुई देश सहमत
समाचार

भारत–चीन तनाव कम गर्न दुई देश सहमत

भदौ २६,

काठमाडौं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्ने सहमति भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार भेटवार्तापछि चिनियाँ विदेश मन्त्रालयले दुई देशबीच तनाव कम गर्नका लागि पाँच बुँदे सहमति भएको जनाएको छ। भारतीय विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको एएनआईले उल्लेख गरेको छ।

चीनको भारत नीतिमा पनि कुनै परिवर्तन नभएको भारतको विश्वास छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक हो। तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने चीनको तर्क छ।

मस्कोमा विदेशमन्त्रीहरुबीच भेट भइरहँदा एलएसीमा दुई देशबीच सैन्य स्तरमा पनि कुराकानी जारी रहेको बीबीसीले उल्लेख गरेको छ। दुवै देशका सेनाको ब्रिगेडियर स्तरमा वार्ता भएको हो। पछिल्लो पटक दुई देशबीचको तनाव बढ्दै जाँदा एलएसीमा गोलीसमेत चलेको थियो।

फेसबुक प्रतिक्रियाहरु