बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रामेछापमा आजदेखि निषेधाज्ञा खुकुलो : यी काम गर्न पाईन्छ अब !
रामेछाप बिशेष

रामेछापमा आजदेखि निषेधाज्ञा खुकुलो : यी काम गर्न पाईन्छ अब !

भदौ २५,
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जारी निषेधाज्ञालाई खुकुलो बनाएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञालाई केही खुकोलो बनाएको हो । गत भदौ ५ गतेबाट जारी गरिएको दोस्रचरणको निषेधाज्ञा आज राति १२ बजेसम्मको लागि लागू गरिएको थयो ।

आजको जिल्ला स्तरीय निर्णय अनुसार भोलिदेखि जिल्लामा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्दै सार्वजनिक यातायात पनि संचालन हुने छ ।

त्यस्तै अत्यावश्यक सेवा अन्तर्गतका औषधी पसल र स्वास्थ्य सामग्री बिक्री गर्ने पसलहरु नियमित सञ्चालन गरिने भएको छ । सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य वस्तु, दुध, तरकारी, फलफूल, माछामासु, स्टेशनरी, इलोक्ट्रोनिक अन्य पसलहरु दिउँसो अपरान्ह् ४ स्०० बजेसम्म खुल्ने भएका छन् । त्यस्तै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी टक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा सञ्चालन गर्ने पनि दिईन जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै अत्यावश्यक सेवा र मालवाहक सवारी साधन बाहेकका जिल्ला भित्र सञ्चालन हुने पालिकादेखि सदरमुकामसम्म मात्र यात्रु वहाक सवारी साधन सञ्चालन हुनेभएका छन् । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको ५० प्रतिशत हुनुपर्ने जारी सूचनामा उल्लेख छ । त्यस्तै यात्रु राख्ने यात्रु बिच भौतिक दूरी कायम गराउने, चालक र सह(चालकले अनिवार्य मास्कको प्रयोग गर्ने, ढोकामा स्यानीटाइजरको व्यवस्था गर्ने र दैनिक रुपमा साधनलाई निसंक्रमित गर्नु पर्ने छ । सवारी साधन विहान ५०० बजे देखि साँझ ६ बजे सम्म मात्र सञ्चालन हुनेछन् । तर सवारी साधान भने जिल्ला भित्र रहेका मात्र सञ्चालन हुनेछन् ।

त्यस्तै जनसम्पर्क बढी हुने कार्यालयले सकेसम्म अन्लाइन सेवाबाट तोकिएको सेवाग्राहीको संख्याका आधारमा सेवाग्राहीको भिड नहुने गरी सेवा सञ्चालन हुनेछन् ।
सूचनामा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरीरगराई उद्योग व्यवसाय सञ्चालन गर्न दिईने उल्लेख छ । जिल्लाका बैंक वित्तीय संस्थारसहकारी कार्यालयहरुले नेपाल राष्ट्र बैंकले तोकेको वा न्यूनतम कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउने बताईएको छ । त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुरुप अन्लाइन कक्षा सञ्चालन गर्ने दईने उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु