बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सोलुखुम्बुमा, दाजु बहिनी बिच बिबाहको तयारी : आमाद्वारा ‘हाडनाता करणी’ उजुरी
विचित्र संसार

सोलुखुम्बुमा, दाजु बहिनी बिच बिबाहको तयारी : आमाद्वारा ‘हाडनाता करणी’ उजुरी

भाद्र १८
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाकमा एउटै आमाको कोख बाट जन्म लिएका दाजु बहिनीले बिबाह गर्ने तयारी गरेपछी उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै कोख बाट जन्म लिएको छोरा र छोरीले बिबाह गर्न लागेपछी आमाले २३ वर्षीय छोरा र १९ वर्षीय छोरीलाई हाडनाता करणी सम्बन्धी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा उजुरी दिएपछी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसार दुई दाजु बहिनी बिच लामो समय देखी सहमतिमै शारीरिक सम्पर्कहुदै आएको र त्यस पछी बिबाह गर्ने तयारीमा रहेको कारण उजुरीको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बताएका छन् । अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको बताउँदै हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ । file Photo

फेसबुक प्रतिक्रियाहरु