शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • उमाकुण्ड गाउँपालिका बासीलाई आवश्य सतर्कता अप्नाउन पालिकाको आग्रह  ः एक कर्माचारीमा कोरोना पुष्टि
रामेछाप बिशेष

उमाकुण्ड गाउँपालिका बासीलाई आवश्य सतर्कता अप्नाउन पालिकाको आग्रह  ः एक कर्माचारीमा कोरोना पुष्टि

भदौ १८
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले पालिका बासीहरुलाई थप सतर्कता अप्नाउन आग्रह गरेको छ । बुधबार पालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण पालिकामा फैलिन सक्ने भएकाले पालिकाका सातै वडा वासीहरुलाई थप सचेत् हुन् भनिएको छ । केही दिन अघि गाउँपालिकाको वडा नं १ निर्माणाधिन जलविद्त् आयोजनामा कार्यरत एक जनामा कोरोना पुष्टि भएको थियो ।
रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखु नदिमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको उमाकुण्ड गाउँपालिकाले सूचना मार्फत जनाकरी दिएको छ । सोही विषयलाई लिएर पालिकामा कोरोना संकर्मण फैलिन सक्ने भन्दै गाउँपालिकाले सचेत गराएको हो ।

यो भन्दा पहिले त्याँहा कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन् । पालिकामा हाल कोरोना भाइरस संक्रमणको संक्रमणलाई मध्यनजर गरि ५८ वेडको क्वारेन्टिन तयार गरिएको छ । क्वारेन्टिनमा ३ जना महिलासहित् ९ जना बुधबार दिएको जानकारी अनुसार क्वारेन्टिनमा छन् । हालसम्ममा त्यहाँ ६५ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्लामा हालसम्मा ३७ जनामा कोरोना पुष्टि भएको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु