शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापमा व्यापार गर्नेहरुले आफ्नै खर्चमा पीसिआर परीक्षण अनिवार्य गर्नु पर्ने
रामेछाप बिशेष

रामेछापमा व्यापार गर्नेहरुले आफ्नै खर्चमा पीसिआर परीक्षण अनिवार्य गर्नु पर्ने

पीसिआर

भदौ १८

रामेछाप । रामेछाप जिल्लामा आज गरिएको जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार थप एक साताको लागि लकडावन गरिएको छ । जारी निषेधाज्ञालाई थप गर्दै आगामी भदौ २५ गते राति १२ बजेसम्मको लागि लमब्याइएको हो । तर विगतको तुलनामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउदै पसलहरु संचालन गर्न दिनको लागि प्रशासन तयार भएको हो । तर प्रशासनले पसल संचालन गर्नको लागि एक सर्त अघि सारेको छ । त्यसको लागि व्यापारीहरुको अनिवार्य पीसिआर विधिबाट कोरोना परीक्षण गर्नु पर्ने प्रशासनले सर्त अघि सारेको हो ।

 

जिल्लाको बजार क्षेत्रहरुमा संचालनमा आएका खद्ययान्न पसल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यक्तिहरु धेरै जना सँग सम्पर्कमा आउने र जेखिम हुने भएकोले त्यस्ता कर्मचारी तथा व्यवसायीहरुको, सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसिआर परीक्षण गर्नु पर्ने व्यवस्था मिलाई उद्योग व्यवसाय संचालन गर्ने भनिएको छ ।

सोको लागि उद्योग वाणिज्य संघ रामेछापले समन्वय गर्ने व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

  • जिल्लाको बजार क्षेत्रहरुमा संचालनमा आएका खाद्यान्‍न पसल, रेष्टुरेन्ट, होटल, आदि उद्योग व्यवसायमा संलग्न व्यक्तिहरु धेरै जनसम्पर्कमा आउने र जोखिम हुने भएकोले त्यस्ता कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य PCR परीक्षण गर्ने व्यवस्था मिलाई उद्योग व्यवसाय संचालन गर्ने र यसको व्यवस्था उद्योग बाणिज्य संघले गर्ने ।

फेसबुक प्रतिक्रियाहरु