शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा जारी निषेधाज्ञा पुःन एक साता थप : बजार ५ बजेदेखि १ बजेसम्म खुल्ने
रामेछाप बिशेष

रामेछापमा जारी निषेधाज्ञा पुःन एक साता थप : बजार ५ बजेदेखि १ बजेसम्म खुल्ने

जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) (DCCMC) को बैठक

भदौ १८

रामेछाप । रामेछापमा जारी निषेधाज्ञा पुःन एक साता लम्बाइएको छ । बिहिबार (आज) प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) (DCCMC) को बैठकबाट जारी निषेधाज्ञालाई पुःन थपिएको आज सूचनामार्फत जानकारी दिएको छ ।

 

गत चैत्र ११ गतेदेखि देशभर जारी गरिएको लकडाउन हटेपश्चात जिल्लामा पहिलो पटक गत साउन ३० देखि सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका एक कर्मचारीसहित २ जनामा करोना पुष्टि भएपश्चात निषेधाज्ञा भदौ ११ गते राति १२ बजेसम्मको लागि लागू गरिएको थियो । त्यति बेला जिल्लामा संक्रमितको संख्या ३३ जना रहेको थियो ।

 

दैनिक संक्रमित देखिन थालेपछि दोस्रो पटक पुःन निषेधाज्ञालाई थप गरि १३ गते राति १२ बजेसम्मको लागि लमब्याइएको थियो । त्यस्तै प्रशासनले जिल्लामा कोरोना संक्रमण उच्च जोखिममा रहेको निशकर्ष निकाल्दै तेस्रो पनि जारी निषेधाज्ञालाई थप गर्दै आज राति १२ बजे, भदौ १८ गतेसम्मको लागि जारी गरेको थियो । तेस्रो पटकसम्ममा थपिएको निषेधाज्ञालाई जारी राख्द जिल्लामा कोरोना संकर्मितको संख्या जिल्लाबाट पठाएको रिपोर्ट पोजेटिभ हुनेको संख्या ३७ पुगेको छ । जसमा पुरुष ३४ जना र महिला ३ जना छन्  ।

रामेछाप जिल्ला घर भै काठमाडौं लगाएतका ठाउँमा परीक्षण गर्दा पोजेटिभ हुनेको संख्या ३६ पुगेको छ । जसमा ९ जना महिला र २९ जना पुरुष छन् । यसरी कूल संक्रमितको संख्या ७३ जना पुगेको छ । सोही विषयलाई ध्यानमा राखि जिल्ला प्रशासन कार्यालय रामेछापले जारी निषेधाज्ञालाई पुःन थप गर्दै आगामी भदौ २५ गते राति १२ बजेसम्मको लागि लागू गरेको छ ।

तर पहिलेको तुलनामा हाल थप गरिएको निषेधाज्ञामा बिहानको पसल खोल्न दिने समय केही लम्ब्याएको छ । यसअघि बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म पसल सञ्चालनको समय तोकिए पनि त्यसलाई थप गरेर बिहान ५ बजदेखि दिनको १ बजेसम्म खाद्यान्न लगाएतका पसलसहरु सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

यस्तो निर्णय गरियो हेर्नुहोस्

  1. नेपाल सरकार मिति २०७७/05/14 को निर्यानुसार, सबै प्रदेश सरकार तथा स्थानीय तहले संकट जोखिम विश्लेषणका आधारमा प्रदेश कोभिड­­-१९ संकट व्यवस्थापन केन्द्र (PCCMC) र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को समन्वयमा Isolation वार्डको प्रबन्ध गर्ने, प्रदेश र स्थानीयबाट प्रबन्ध हुने आइसोलेसन वेडको व्यवस्था र संचालनका लागि आवश्यक बजेट प्रदेश कोरोना संक्रमण रोकथाम तथा उपचार कोषबाट उपलब्ध गराउने सो कोषबाट रकम उपलब्ध गराउन सक्ने अवस्था नभएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने निर्णानुसार छलफल गर्दा सोही अनुरुप स्थानीय तहहरुले Isolation bed विस्तार गर्ने ।
  2. कोभिड-१९ को संक्रमणको दर बढिरहेकोले मिति २०७७/0५/१३ देखि मिति २०७७/0५/१८ गते राती १२ बजेसम्म लगाइएको निशेधाज्ञालाई मिति २०७७/0५/२५ गतेसम्म निरन्तरता दिने निर्णय गरियो । यस सम्बन्धि विस्तृत सूचना जिल्ला प्रशासन कार्यालयले जारी गर्ने ।
  3. क्यान्सरका किमो लिने बिरामी, डाइलासिस गर्ने बिरामी अन्य दिर्घ रोगी बाहेक उपचार सम्भव भए सम्म जिल्ला भित्र कै अस्पताल, स्वास्थ्य संस्थामा उपचार गराउने व्यवस्था मिलाउने र यसको सहजिकरण स्थानीय पालिका वडातहबाट गर्ने ।
  4. नियमीत उपचार गराउन काठमाण्डौ जाने/आउने विरामीमा कोभिड-१९ संक्रमित पुष्टि देखिन थालेकोले एम्बुलेन्स चालकहरुले Emergency विरामी मात्र लाने ल्याउने व्यवस्था गर्ने र एम्बुलेन्समा यात्रा गर्ने विरामीको विवरण, सम्पर्क नं., दैनिक रुपमा तयार गरी आवश्यक परेको अवस्थामा जनस्वास्थ्य कार्यालयमा पठाउने ।
  5. कोभिड-१९ को कारण निषेधाज्ञा, बन्दाबन्दीले पारेको प्रभाव र जिल्लाबाट गर्नुपर्ने सहजीकरण सम्बन्धमा स्थानीय संकट व्यवस्थापन केन्द्रले निर्णय गरी जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रमा पठाउने ।
  6. कुनै व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको जानकारी पाएपछि संक्रमित व्यक्ति तोकिएको Isolation मा बस्नु हुन र जिल्ला स्वास्थ्य कार्यालयको सहयोग एवं समन्वयमा Tracing गर्ने कार्य स्थानीय तहबाट गर्ने साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य Home Isolation/क्वारेन्टिनमा बस्नु हुन र निजको घरमा खाद्यान्‍न लगायत अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था सम्बन्धित वडाबाट मिलाउने ।
  7. सबै नगरपालिका र गाउँपालिकाका वडा, टोल र समुदायस्तरमा वडाका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, रेडक्रस, गैससका प्रतिनिधिको गठित कोरोना रोकथाम समुह Covid-19 Prevention Group (CPG) लाई कोभिड-19 को संक्रमण रोकथाम र नियन्त्रत्रणमा सकृय रुपमा परिचालत गराउन पालिकाहरुलाई अनुरोध गर्ने ।
  8. जिल्लाको बजार क्षेत्रहरुमा संचालनमा आएका खाद्यान्‍न पसल, रेष्टुरेन्ट, होटल, आदि उद्योग व्यवसायमा संलग्न व्यक्तिहरु धेरै जनसम्पर्कमा आउने र जोखिम हुने भएकोले त्यस्ता कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य PCR परीक्षण गर्ने व्यवस्था मिलाई उद्योग व्यवसाय संचालन गर्ने र यसको व्यवस्था उद्योग बाणिज्य संघले गर्ने ।
  9. छिमेकी जिल्लाहरुबाट धार्मिक, सास्कृतिक, पितृ कार्यको वहानामा ठूलो संख्यामा मानिसहरु आउने क्रम रहेकोले नियन्त्रणको लागि उपत्यका लगायतका जिल्लाहरुलाई अनुरोध गर्ने ।

 

 

फेसबुक प्रतिक्रियाहरु