शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • संरक्षण अभावमा डोजर कवाडी बन्यो,
समाचार

संरक्षण अभावमा डोजर कवाडी बन्यो,

भदौ १८, रमन वन
खोटाङ । खोटाङमा २२ वर्षअघि खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको छ। उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडक खण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालिन ७६ गाबिसको लगानीमा २०५५ सालमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो।

डोजर हाल खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट मध्यपहाडी लोकमार्ग भन्दा मुनि दुधकोसी किनारमा (ओखलढुंगातर्फ) अलपत्र अवस्थामा रहेको जनाइएको छ। कटारीबाट ओखलढुंगादेखि सोलुखुम्बु जोड्नेगरी सडक निर्माण सुरु गरिएपछि खोटाङका तत्कालिन सांसद टंक राईले हिलेपानीबाट दिक्तेल जोड्नेगरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि तत्कालिन जिविसमार्फत डोजर खरिद गरिएको थियो।

प्रतिगाबिस एक लाखका दरले संकलन गरिएको रकममध्ये ४२ लाखमा डोजर खरिद गरिएको थियो। अन्य रकमबाट एउटा ट्याक्टर खरिद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो नभएको बताइएको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु