बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री काेराेनाकाे उच्च जाेखिममा
रामेछाप बिशेष

बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री काेराेनाकाे उच्च जाेखिममा

साउन २९, रामेछाप । बागमती प्रदेशका आर्थिक  मामिला तथा याेजना मन्त्री कैलाश ढुङ्गेल काेराेनाकाे उच्च जोखिममा परेका छन् । बुधबार रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ८ बिटार पार्क उद्घाटनमा पुगेका मन्त्री ढुङ्गेलसंगै एउटै स्टेजमा बसेका मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखमा काेराेना पुष्टि भएसंगै मन्त्री ढुङ्गेल पनि संक्रमणकाे उच्च जाेखिम्मा परेका हुन् । ढुङ्गेल उनकाे सम्पर्कमा आएका थिए ।

एउटै स्टेजमा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, जिल्ला प्रहरी प्रमुख वसन्त पाठक संक्रमित संग मन्थली नगरपालिकाका विभिन्न ठाउँमा भेटघाट भएको थियो  । कार्यक्रममा अरु स्थानीयहरुकाे पनि सहभागित थियाे । उनी स्वास्थ्य शाखा प्रमुख भएकाले उनकाे सम्पर्कमा नगरप्रमुख, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,मन्थली बजारकाे चिया पसलेहरु,पत्रकारहरु उनकाे प्रत्येक्ष सम्पर्कमा आएका थिए । रामेछाप जिल्लामा,जिल्लाकाे मुटुकै रुपमा रहेकाे मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखसहित थप तीन जनामा काेराेना पुष्टि भएको  हाे ।

No description available.

बिहीबारकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप तीन जना रामेछापेलीहरुमा संक्रमण भएकाे पुष्टि गरेका थिए । त्यस् लगतै जिल्ला स्वास्थ्य कार्यलयले दिएकाे जानकारी अनुसार नगरपालिकाका स्वास्थ्य शाखाका ५० वर्षिय उमेरका प्रमुखलाई  काेराेना पुष्टि भएकाे हाे । त्यस्तै साेही नगरपालिका वडा नं ५ का ३० वर्षिय एक पुरुषलाई पनि संक्रमण भएकाे छ । भने ३४ वर्षिय महिला हेटाैडामा कार्यरत रहेकाे जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कार्णले जानकारी दिए । संक्रमित प्रमुखलाई जिल्ला अस्पतालमा बनाईएकाे आईसाेलेसनमा लगिएकाे छ । भने नगरपालिका पूर्णरूपमा शिल गरिएकाे छ

फेसबुक प्रतिक्रियाहरु