बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रधानमन्त्रीको बेसार खानु पर्ने कुरा लिएर काठमाडौँमा युवाहरु बेसार दलेर बिरोध गर्दै
विचित्र संसार

प्रधानमन्त्रीको बेसार खानु पर्ने कुरा लिएर काठमाडौँमा युवाहरु बेसार दलेर बिरोध गर्दै

काठमाडौंका सडकमा शनिबार पनि सरकारविरूद्ध शान्तिपूर्ण प्रदर्शन भयो।

स्वतर्फूत भेला भएका युवाहरूले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सहिदगेट अगाडि सडकमा प्लेकार्ड लिएर प्रदर्शन गरे।

उनीहरूले दश अर्बको हिसाब पारदर्शी हुनुपर्ने, १०० प्रतिशत पिसिआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने र बेसार नै कोरोनाको औषधि नभएको भन्दै प्रदर्शन गरेका हुन्।

बेसारले पहेंलै भएका युवाले ‘बेसार प्यार प्यार, काम कहिले सरकार?’ भन्ने प्लेकार्डसहित सरकारको विरोध गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भान्सामा अदुवा, लसुन, बेसारलगायत औषधिजन्य खाने कुरा हुने र त्यो सन्तुलित खानाले रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको बताएपछि विरोध भइरहेको छ।

कोरोना हाच्छ्युँमा मात्रै सीमित भए यति धेरै मानिसको ज्यान जाने थिएन भन्दै युवाहरूले सरकारलाई गम्भीर हुन प्रदर्शनमार्फत् खबरदारी गरेका हुन्।

प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रियसभामा बोल्दै कोरोना रूघाखोकीजस्तै भएको र तातोपानी खाएर हाच्छ्यूँ गरेर उडाइदिनुपर्ने बताएका थिए।

युवाहरूले सडकमा सुतेर पनि प्रदर्शन गरे। सरकार कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेर सुतेको भन्दै सांकेतिक रूपमा उनीहरूले विरोध गरेका हुन्। केही युवा भने रातो रङ शरीरमा दलेर विरोधमा उत्रिएका थिए। ‘सरकारको हातमा रगत छ’ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

फेसबुक प्रतिक्रियाहरु