शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • २८ करोडको बेसार आयात, बेसारको माग बढ्यो
समाचार

२८ करोडको बेसार आयात, बेसारको माग बढ्यो

६ असार,

काठमाडौं । बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ ।

बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शंका नरहेपनि यसबाट कोरोना निको हुने कुनै वैज्ञनिक प्रमाण अहिलेसम्म भेटिएको छैन् । प्रधानमन्त्रीको बेसार मन्तव्यलाई लिएर सर्मथन र बिरोधमा चौतर्फी आलोचना र प्रशंसा चलिरहेको छ ।

भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देशहरु हुन् । बेसार जिन्जिबेरसी  परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’हो । बेसारको गानोमा पाइने तत्व (पहेँलो रंगको) कुरकुमिन हो । अहिले निकै चर्चाको रहेको बेसारको नेपालमा उत्पादन र बजारबारे यहाँ चार्चा गर्न गईरहेका छौँ ।

नेपाली बजारमा बेसार

नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य तीन सय रुपैयाँ छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि २७५ रुपैयाँसम्म पर्न जाने नेपाल खुद्रा व्यावसायी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएको श्रेष्ठको भनाई छ । भारत तथा म्यानमार लगायतका मुलुकबाट चानाको रुपमा बेसार नेपाल भित्रिने गरेको उनले बताए । चालु आवको १० महिनामा मात्रै ७९ हजार किलो बेसारजन्य पदार्थ म्यानमारबाट नेपालमा भित्रिएको छ ।

दश महिनामा २८ करोडको बेसारजन्य वस्तु आयात

नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागले दिएको विवरणअनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्याकंअनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो ।

यूरोप र पश्चिम एशियामा बेसारको माग बढ्यो

कोरोना भाईरस डरले बेसार प्रयोग बढेसंगै भारतबाट पूरोप र पश्चिम एशियामा हुने निर्यातमा उछाल भएको छ । श्वास प्रश्वास प्रणाली स्वस्थ राख्नका लागि बेसारको धुलो तातो दूधमा मिसाएर सेवन गर्ने संख्या बढेको गत मार्चमै इकोनोमिक्स टाइम्सले लेखेको थियो ।

सामान्य अवस्थाको तुलनामा ती स्थानमा भारतबाट निर्यात हुने तरकारी तथा मसलाको माग १५ प्रतिशतले बढ्दा बेसारको कच्चा पदार्थको मात्रै माग तीन सय प्रतिशतले बढेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु