शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोना साउनमा उच्‍च, फागुनमा नियन्त्रण : प्रधानमन्त्रीको विश्लेषण
समाचार

कोरोना साउनमा उच्‍च, फागुनमा नियन्त्रण : प्रधानमन्त्रीको विश्लेषण

४ असार,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण साउन अन्त्यतिर पिक (उच्चविन्दु)मा पुग्ने विश्लेषण सुनाएका छन् ।

त्यसपछि बिस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठजस्ता चाडहरू आउँदैछन् । यो चाड सधैं रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उँधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’

मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरूलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजन बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन राष्ट्रिय सभामा पुगेका प्रधानमन्त्री ओलीले सम्बोधनको अधिकांश समय कोरोना भाइरसबारे बोलेका थिए । उनले अमेरिकी मिलेमियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे समेत धारणा राखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु