मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • डीएसपी ढुंगेलको निलम्बन फुकुवा हुने
समाचार

डीएसपी ढुंगेलको निलम्बन फुकुवा हुने

३ असार,

काठमाडौं । नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ । डकैती गर्ने समूहलाई सघाएको आरोप लागेका ढुंगेललाई अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा हुने भएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । २६ चैत ०७६ मा रानीबारीमा भएको डकैतीका अभियुक्त विकाश श्रेष्ठसँग बारम्बार सम्पर्क गरेको जिकिर गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई श्रेष्ठको समूहलाई सघाएको आरोप लगाएको थियो ।

तर, ढुंगेलले भने श्रेष्ठसँग अपराधिक समूहबारे जानकारी लिनका लागि आफ्नो कुराकानी हुने गरेको जिकिर गरेका थिए ।

अदालतले सफाइ दिएसँगै उनले प्रहरी प्रधान कार्यालयमा निलम्बन फुकुवाका लागि निवेदन दिनेछन् । त्यसपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई निलम्बन फुकुवाका लागि पत्राचार गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु