बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो भयो -सिपी मैनाली
जुनेली बिशेष

ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो भयो -सिपी मैनाली

विनासको बाटोमा जाँदै नेकपा

काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएर नेकपाको सरकार बनेको दुई वर्ष बितेको छ । नामले कम्युनिस्ट पार्टीको सरकार छ तर यसले जे–जस्तो सिद्धान्त, नीति र विचार तथा योजना अघि सारेको छ, तिनलाई अध्ययन गर्ने हो भने माक्र्सवादबाट धेरै टाढा गएको छ । र, यसलाई सैद्धान्तिक राजनीतिक कोणबाट हेर्ने हो भने कम्युनिस्ट सरकार भन्नै सकिदैन ।

ओलीको स्वभाव
सबैले र मैले पनि झापा आन्दोलनदेखि महशुस गरेको कुरा के हो भने ओलीमा बठ्याइँले अरुलाई मख्खपार्ने प्रवृति थियो । यही कारण उनलाई अहिले आएर कतिपय मानिसले ‘गफाडी प्रवृत्ति’को पनि भन्छन् । ‘उखान टुक्के’ पनि भन्छन् । तर पहिला पनि उनमा त्यो प्रवृत्ति नभएको होइन ।

उनमा अर्को विशेषता पनि छ, हाजिरजवाफी वा ओठे शैली । केही बोले भने ओठे जवाफ दिइहाल्छन् । प्रतिपक्ष वा सामान्य नागरिकले कुनै कुरा उठायो, आलोचना ग¥यो या भिन्न मत राख्यो भने तुरुन्तै जवाफ दिइहाल्ने उनको शैली छ । त्यो शैली केपी शर्मा ओलीमा अहिले पनि देखिइरहेको छ । यसले नेकपाका समर्थक बढाउने होइन, घटाउने काम गरिरहेको छ ।

अर्को कुरा, ओली हिजो हामी ‘महाएक्सन’मा लाग्दा पनि यो कारण वा ऊ कारणले सकिनँ भनेर भन्थे । झापामा सुखानी काण्डपछि यो कारणले टिक्न सकिनँ भनेर २०३० फागुनतिर जिल्ला नै छाडेर लखनउ पुगे । पछि फर्कने क्रममा रौतहटमा समातिए । बहाना बनाउने उनको कला छ । बहाना बनाउन ओली चतुर छन् । आफुले जे जति गलत कुरा गरे पनि पुष्टि गर्न हजारवटा बहाना बनाउन सक्छन् । त्यो क्षमता ओलीमा छ । त्यो मैले पहिले पनि देखेको छु, अहिले पनि देखिरहेको छु ।

त्यतिमात्रै होइन, उनमा एकपाखे प्रवृत्ति पनि छ । केपी ओलीले कुनै एउटा राम्रो पक्ष देखे भने नराम्रो देख्दै देख्दैनन् । नराम्रो देखे भने राम्रो देख्दै देख्दैनन् । उनमा माक्र्सवादीमा हुनुपर्ने आधारभूत दृष्टिकोण नै छैन । यसले गर्दा अहिले उनले आफु नजिकका मानिसहरु जतिसुकै अयोग्य, स्वार्थी, पापी, लोभी भए पनि नैतिकवान र चरित्रवान देख्छन् । पछिल्लो पटक जति पनि उनका नजिकका मानिसहरुमाथि भ्रष्टाचार केसमा आरोप लाग्यो, राजीनामा दिए । उनले तिनीहरुमाथि छानविन गर्ने कुरै गर्दैनन् । हरेक भाषण या राष्ट्रका नाममा सम्बोधन गर्दा नै किन नहोस्, त्यसबेला उनले समाजले आलोचना गरेकाहरुको डिफेन्स गरेका हुन्छन् । त्यो बानी पुरानै हो, अहिले पनि छ ।

पाचौँ कुरा, केपी ओली अत्यन्त इख राख्ने प्रवृतिका हुन् । यसलाई अर्को भाषामा बदलाको भावना लिने भनेर पनि बुझ्न सकिन्छ । कुनैबेलामा कसैसँग केही बहस र छलफल चलेको थियो र उनको विचारको खण्डनमण्डन गरेको थियो भने उनले मौका मिल्ने बित्तिकै दबाउन पछि पर्दैनन् । यसलाई अझ प्रस्ट भन्नुपर्दा गोमन सर्पको जस्तो प्रवृत्ति छ । किनभने गोमन सर्पको आँखामा बाचुन्जेल उसको विरोधीको चित्र रहन्छ रे । त्यस्तै छ ओलीमा । यसले उनलाई नोक्सान गरेको छ ।

स्रोत रातो पाटि

फेसबुक प्रतिक्रियाहरु