जुनेली न्यूज, काठमाण्डौ । झापाको कन्काइ नगरपालिका-१ मा एक दम्पत्ती आठ महिने छोरीसहित झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । […]