बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • सर्लाहीमा १६ बर्षीय किशोरीको शव फेला
दुर्घटना/अपराध

सर्लाहीमा १६ बर्षीय किशोरीको शव फेला

३ दिन अगाडीदेखि हराएकी

जुनेली न्यूज, काठमाण्डौ | सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी ३ दिनदेखि हराईरहेकी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव फेला परेको छ |
हराइरहेकी किशोरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

३१ साउनदेखि घरबाट हराइरहेकी उनको शव घरदेखि झण्डै तीन किलोमिटर टाढा लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।

डीएसपी बुढाथोकीले शव सडेको अवस्थामा फेला परेको बताए । ‘मृत शरीरमा त्यस्तो निलडाम र घाउ देखिएको छैन’ उनले भने, ‘शव केही सडेको देखिएको छ ।’

किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु