शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कुलमानबिरुद्ध दायर गरेको  रिट न्यायाधिश कुमार रेग्मीको इजलासमा
Breaking News

कुलमानबिरुद्ध दायर गरेको  रिट न्यायाधिश कुमार रेग्मीको इजलासमा

जुनेली न्यूज, काठमाण्डौ | नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमान घिसिङलाइ गरिएको नियुक्तिको खारेजी माग गर्दै नि वर्तमान निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको  रिट न्यायाधिश कुमार रेग्मीको इजलासमा परेको छ |
रेग्मीको इजलासमा उक्त रिट १० औं नम्बर हो प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् ।

शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर ३२ साउनमा सर्वोच्च अदालतमा रिट दाय गरेका थिए |
रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु