शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • “संसदलाइ छलेर अध्यादेश ल्याउनु हिजो ,आज र सधैं गलत हो”-गगन थापा
Breaking News

“संसदलाइ छलेर अध्यादेश ल्याउनु हिजो ,आज र सधैं गलत हो”-गगन थापा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदलाई छलेर ल्याएको दल बिभाजनको अध्यादेश गलत रहेको बताएका छन् |
समालिक सञ्जालमार्फत थापाले हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन र समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी पर्ने थापाको भनाइ छ | साथै यसरि संसदलाई छलेर ल्याएको अध्यादेश हिजो ,आज , सधै गलत हुने र जसको कार्यकालमा ल्याएनी, जसले गरेपनि गलत हुने बताएका छन् | ’साथै विगतमा ओलीले ल्याएको यस्तै अध्यादेशमा ल्याप्चे लाउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि अहिले यो अध्यादेशको विरोध गर्ने हक नभएको थापाको भनाई छ।

बुधबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन् :
“संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत 👎️
हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।
संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।”

फेसबुक प्रतिक्रियाहरु