बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अफगानिस्तानमा सङ्कटमा परेका नेपालीलाई तुरुन्त उद्धार गर्न डा. भट्टराईको आग्रह
दुर्घटना/अपराध

अफगानिस्तानमा सङ्कटमा परेका नेपालीलाई तुरुन्त उद्धार गर्न डा. भट्टराईको आग्रह

जुनेलि न्यूज, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष बाबुराम भट्टराईले आइतबार ट्विटरमार्फत् अफगानिस्तानमा सुरक्षा सङ्कटमा परेका १४ हजारभन्दा बढी कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारले आलटाल र बहानाबाजी गर्न नहुने बताएका छन् | सुरक्षा संकटमा परेका नेपाली कामदारलाई स्वदेश फर्काउन सरकारले आलटाल गर्न नहुने बताएका उनको भनाइ छ ।

त्यस्ता द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउने र जाने वातावरण नै बनाउन नहुने तर्क राख्दै डा भट्टराईले गइसकेपछि उनीहरूको जीवनरक्षा गर्नु राज्यको दायित्व भएकाले यसमा किन्तुपरन्तु नहुनेमा आशा व्यक्त गरेका छन् |

डा. भट्टराइले ट्विटरमार्फत्  यस्तो लेखेका छन् ;

“अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!”

फेसबुक प्रतिक्रियाहरु