मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • “तपाईहरुले मत दिनु भनेको मन दिनु सरह हो”: दिपक रिसाल
गोकर्नेश्वोर बिशेष

“तपाईहरुले मत दिनु भनेको मन दिनु सरह हो”: दिपक रिसाल

जुनेली न्युज,१७ बैशाख काठमाडौँ |

 

गोकर्नेश्वोर नगरपालीका नेपाली काँग्रेसतर्फका मेयरका  उम्मेदवार दिपक रिसालले जनताले मत दिनु भनेको मन दिनु सरह रहेको बताएका छन |

May be an image of 7 people, people sitting, people standing and outdoors

 

चुनाब  प्रचारप्रसारका क्रममा उनले नगरपालिकाको जनताले मन दिए पछि त्यसको इज्जत साथ  मन जित्ने काम गर्ने उनले बताए |

“खानेपानी , ढल को ब्यबस्थापन गर्ने र आफ्नो नगरको फोहोर ब्यबस्थापन आफै गर्ने उद्देश्यले अहिले जापानी प्रविधिको मेशिनको सुरुवात गरिएको छ | यो प्रबिधिलाई नगरका सम्पूर्ण वडा मा फोहोर मैला  ब्यबस्थित  गर्न पाँच ओटा मेसिन थप्ने उद्देश्य रहेको छ |” – उनले भने |

May be an image of 6 people, people standing and outdoors

उनले स्वास्थ्य को बिसयलाई लिएर आफु संबेदनशील रहेको भन्दै सम्पूर्ण नगर बसिहरुलाई स्वास्थ्य  बिमा नि:शुल्क गरिदिने पनि बताए |

 

 

फेसबुक प्रतिक्रियाहरु