जुनेली न्युज,१६ बैशाख काठमाडौँ |
लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ |
स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोसपाको उम्मेदवारी खारेज भएको हो |
लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार उठाएको थियो | प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए |
उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको छ |
फेसबुक प्रतिक्रियाहरु