जुनेली न्युज,१३ वैशाख काठमाडौं |
वैशाख ३० को स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ |
आइतबार र सोमबार गरि ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ | निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो तर, राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित भने गरेको छैन् ।
निर्वाचन आयोगका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्नेछन् |
बुधबार र बिहीबार दाबी-विरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ | आयोगका अनुसार १७ गते शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ |
फेसबुक प्रतिक्रियाहरु