मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेपाली काँग्रेसले निर्बाचनका लागि प्रवास समन्वय एंव प्रचार उपसमिति गठन गरेको छ |
समाचार

नेपाली काँग्रेसले निर्बाचनका लागि प्रवास समन्वय एंव प्रचार उपसमिति गठन गरेको छ |

जुनेली न्युज, २६ चैत काठमाडौँ |

कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रवास समन्वय एवं प्रचारप्रसार उपसमिति गठन गरेको छ | प्रकाशशरण महत संयोजकत्वको केन्द्रीय प्रचार प्रसार समितिले प्रवासमा रहेका नेपाली मतदाताहरूमाझ समन्वय र प्रचार प्रसारका लागि प्रवास प्रचार प्रसार उपसमिति गठन गरेको हो |

उपसमितिको संयोजकमा जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख विष्ट छन् भने बेलायत, क्यानडा, जापान, जर्मनी, मलेसिया, युएई, बहराइन, नर्वे, साइप्रस, इजरायल, कतार, अष्ट्रेलिया, कुवेत, बेल्जियम, दक्षिण कोरिया, स्पेन, नेदरल्याण्ड, पोर्चुगल स्वीटजरल्याण्ड, डेनमार्क, मकाउ, साउदी अरब, पोल्याण्ड, इटली, हङकङ लगायत ३६ देशका जनसम्पर्क समितिका सयोजकहरूलाई उपसमितिको सदस्यमा मनोनयन गरिएको छ | ८४ सदस्यीय उपसमितिमा विभिन्न देशमा रहेका जनसम्पर्क समितिका सदस्य नेताहरुलाई सदस्यमा मनोनीत गरिएको छ |

कांग्रेसले यसअघि नै प्रवासमा रहेका नेपाली मतदाताहरूलाई स्वदेश फर्किएर चुनावमा भाग लिन र नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन आव्हान गरिसकेको छ |

फेसबुक प्रतिक्रियाहरु