मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ‘सफल तिमी र असफल उनी’ – रन्जन बस्नेत
साहित्य

‘सफल तिमी र असफल उनी’ – रन्जन बस्नेत

‘१० वर्षअघि मलाई रिजेक्ट गरेकी केटीले मेरो कम्पनीको कर्मचारी सङ बिहे गरिछ ।’

‘यो केटीले मलाइ ‘नो’ भन्याथी, आज हेर म कहाँ आइपुगेँ र यस्को बुढोको तलब जति त मेरो गाडीको पेट्रोल खर्च छ ।’

‘फलानो केटी त आफ्नै ड्राइभर सित भागिछे, कस्तो-कस्तो केटा माग्न आएकाथिए, बुद्धि भ्रस्ट भएपछि यस्तै हो ।’

यस्तै यस्तै भनाइ हामी जोकोहीले पनि पढ्दै, देख्दै र सुन्दै आएका छौ । हेर्दा सामान्य नै लाग्छ ।

तिमी आज स्थापित भैसकेका छौ, आफ्नै कम्पनी छ जुन एकदमै राम्रो कुरा हो । तर १० वर्षअघि तिमीलाई रिजेक्ट गर्ने केटी पनि त खुसि हुन सक्छे नि उस्को विवाहित पति सित । तिम्रो कम्पनीको कर्मचारी हो, तिमी भन्दा कम कमाउँछ र तिमीले दिएको तलबले उस्को घर चल्छ भन्दैमा तिमीले गर्व महशुस गर्नुपर्ने अथवा ऊ प्रति दयाभाव देखाउन पर्ने कुनै कारण रहदैन ।

केटिले तिमीलाइ रिजेक्ट गर्नुको कारण पैसा नै नहुन पनि सक्छ, यदि केटीले तिमीलाइ त्यो नजरले नै नहेरेकी पनि हुन सक्छे नी । बस् तिमीले माया गर्छौ भन्दैमा तिमीलाइ उस्ले स्वीकार्नै पर्छ भन्ने पनि त छैन । माया त दोहोरो हुनुपर्छ नी, हैन र ? अनि तिमीसग भविष्य नदेखेकी पनि त हुन सक्छे ।

केवल पैसा कमाउनु मात्र त भविष्य हैन होला नी ? नत्र किन विश्वकै धनी र नाम कमाएका व्यक्तिको पनि डिभोर्स हुने गर्दछ त?

अनि जहा सम्म तिमीले दिएको तलबले उस्को घर चल्छ भन्ने कुरा छ, तलब तिमीले दिने हैन उस्ले कमाउने हो । तिमी यति मुर्ख पनि छैनौ होला कि विनासीप उसको श्रीमानलाई आफ्नो कम्पनीमा राख्छौ । उसले तिम्रो कम्पनीको काम गरेर तलब खान्छ भने किन तिमी उनीहरुको निजी जिवनमा कमेन्ट गर्छौ ?

आफ्नो प्रगतीको मापन अरुको जिवनसङ तुलना गरेर गर्ने नगर, प्रगति आफ्नो लागि गर्ने हो अरु कसैलाइ देखाउन हैन ।

उस्लाइ आफ्नो जिवनमा कस्लाइ स्वीकार्ने र कस्लाइ रिजेक्ट गर्ने निर्णय गर्ने पुर्ण अधिकार छ । ड्राइभर सित भागुन अथवा जो कोही सित, पैसा भन्दा माया र मिहिनेत माथि राख्ने उस्को निर्णयमा तिमीलाइ किन आपत्ति? उनीहरुलाइ आफ्नो जिवन जिउन देउ । अनि तिमीलाइ रिजेक्ट गरि भन्दैमा पनि उस्लाइ गलत भन्न तिमीलाइ कुनै छुट छैन । तिमीले यदि कुनैबेला उसलाइ साच्चै माया गर्थेउ भने आज यसरी उसलाइ होच्याउने काम नगर ।

जब तिमीले अरुको जिवनमा आफ्नो नाक पसाउन छाड्छौ नि तब अरुले पनि पक्कै तिम्रो निजी जिवनमा कमेन्ट गर्ने छैनन् ।

(नोट: यहाँ धोका दिएर जानेहरुको कुरा गरिएको छैन )                                                                                                             #लेखक – रन्जन बस्नेत

फेसबुक प्रतिक्रियाहरु