मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जिल्ला सभापती बरालको आरोप – प्रधानमन्त्री ओली अनुशासनहीन भए
समाचार

जिल्ला सभापती बरालको आरोप – प्रधानमन्त्री ओली अनुशासनहीन भए

३० चैत, सिन्धुली । नेपाली कांग्रेसका सिन्धुली जिल्ला सभापति उज्ज्वल बरालले प्रधानमन्त्री ओली अनुशासनहीन भएर अनुशासनको पाठ पढाउँदै हिंडेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस दुधौली नगरपालिका – ५ ले वडा सभापती मदन काफ्लेको सभापतित्वमा आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा वडा तरुणदल गठन कार्यक्रममा जिल्ला सभापती उज्ज्वल वरालले प्रधानमन्त्री ओली अनुशासनहीन भएको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री केपी ओली आफू घोडेजात्रा लगायत सार्वजनिक सभा गर्दै हिंडेको र अरुलाई कोरोनाको मापदण्डको पालना गर्न फर्मान जारी गरेर स्वंय अनुशासनहीन भएका छ्न्, ‘ निर्वाचित तरुणदलका कार्यकर्तालाई हौसला दिदै बरालले थप भने, ‘वीपीले युवालाई विचार भरिएका आगोका ज्वाला हुन भन्नुभएका थियो त्यसैले सामाजिक परिवर्तन र रुपान्तरणको लागि युवाहरुले उत्पीडितको आवाजलाई हावाको गतिमा न्यायको पक्षमा अगाडी ल्याउन सक्नुपर्छ ।’

संविधानसभा सदस्य तथा पुर्व जिल्ला सभापति मोहन वरालले युवाहरुले अर्को चुनावमात्र हैन अर्को पुस्ताको निम्ति लड्नुपर्छ । ‘गणेशमान सिंहले भनेको जस्तो युवाहरु अर्को चुनावको लागि होइन अर्को पुस्ताको भविष्य सुरक्षित बनाउन लड्नुपर्ने आजको आवश्यकता हो’ , उनले भने ।

तरुणदलका नगर सचीव सुरेश बुढाथोकीले संचालन गरेको कार्यक्रममा अतिथिहरु प्रेमचन्द्र दाहाल, विनोद गुरुङ, गंगा दाहाल र कर्ण थापाले नयाँ वर्षले पार्टीको आन्तरिक जिवनमा गतिशीलता, भातृत्व, एकता र सहकार्यताको भावना विकास गराउने अपेक्षा सहित शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै तरुणदलका क्षेत्रीय सभापती सुजन थापा मगर र नगर सभापति विश्वास शाही ठकुरीको उपस्थितिमा विष्णु बहादुर बुढाथोकीको सभापतित्वमा दुधौली नगरपालिका वडा नं. ५ तरुणदलको १३ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु