शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ५९ वर्षीय महिलालाई ज्यान् मार्ने धम्कीदिएर बलत्कारको प्रयास् गर्ने दोरम्बाका तामाङ् पक्राउ
दुर्घटना/अपराध

५९ वर्षीय महिलालाई ज्यान् मार्ने धम्कीदिएर बलत्कारको प्रयास् गर्ने दोरम्बाका तामाङ् पक्राउ

चैत २९,

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने खोज्ने एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गाँउपालिका वडा नं.७ बस्ने अंन्दाजी ५६ वर्षीय अंगते तामाङ रहेका छन् ।

उनले सुस्त मनस्थिती भएकी  ५९ वर्षीय असक्त अपाङ्ग भएकी महिलालाई घरमा एक्लै बसिरहेको अबस्थामा डर,धाम्की देखाई करणी गर्ने कोसिस् गरेका थिइ ।

साथै उनले ती महिलालाई कसैलाई भनिस् या कराई चिच्याई गर्यो भने मारिदिन्छु भनी धम्की समेत उनले दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तामाङ्लाई रामेछाप जिल्ला अन्तर्गत  प्रहरी चौकी गुन्सी रामेछापले शनिबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रामेछाप ल्यायर अनुसन्धान सुरु गरेको रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु