कात्तिक २५,
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित जिल्लाकै एक मात्र विमान स्थलको स्तर उन्नती हुने भएको छ ।
विमान स्थलको धानवमार्ग र पार्किङ क्षेत्रको निर्माणको लागि विमान स्थल कम्पनीले सम्झौत गरेको हो । हाल कुल ५३० मिटर रहेको कालो पत्रे १ सय मिटर थप गरी अब ६३० मिटरको हुने भएको हो । विमानस्थल विस्तार योजनाका लागि कान्छाराम कन्स्ट्रक्सनले जिम्मा पाएको छ ।
उक्त कार्यका लागि २ करोड ८० लाख खर्च हुने रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए । पछिल्ला तीन वर्षयता रामेछाप विमास्थललाई सोलुको लुक्लातर्फ पर्यटक र व्यापारिक सामग्री ओसार पसारका लागि प्रयोग गरिएको छ । लुक्लाका लागि पर्यटकीय सिजनमा रामेछापबाट दैनिक १ सय २० वटासम्म उडान भएको तथ्यांक छ । चौरसियाका अनुसार अब रामेछाप विमानस्थलमा एकै पटक ८ वटासम्म जहाज र केही हेलिकप्टर पार्किङ हुन सक्छन् ।
२०३५ सालदेखि सञ्चा्लनमा आएको रामेछाप विमानस्थललाई थप विस्तार गरी पूर्वी पहाडी क्षेत्रका साना विमानस्थलमा सेवा संचालन गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् । काठमाडौंबाट ४ घण्टाको सडकमार्ग पछि पुगिने रामेछाप विमानस्थल काठमाडौं भन्दा पूर्वको सबैभन्दा नजिकको विमानस्थल हो । विमानस्थल १२ महिनै उडान अवतरण गर्न योग्य रहेको चौरसियाले बताए ।
फेसबुक प्रतिक्रियाहरु