सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कोरोनाको भएक्सिन : संक्रमणलाई ९० प्रतिशतमा रोक्नसक्ने प्रारम्भीक विश्लेषण
समाचार

कोरोनाको भएक्सिन : संक्रमणलाई ९० प्रतिशतमा रोक्नसक्ने प्रारम्भीक विश्लेषण

कात्तिक २५,

काठमाडौं । कोरोना भाइरसविरुद्ध बनेको भ्याक्सिनले ९० प्रतिशत मानिसमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषणले देखाएको छ । यो भ्याक्सिन औषधि कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन् र, कम्पनीले भनेको छ, यो विज्ञान र मानवताका लागि महान दिन हो ।

फाइजरका अध्यक्ष डा. एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरकामानिसहरुलाई यो वैश्विक संकटबाट बाहिर निकाल्न निकै नजिक पुगेका छौं ।’साथै यो महिनाको अन्त्यसम्म भ्याक्सिज प्रयोगका लागि आपतकालीन अनुमति माग्दै निवेदन दिइने छ । यो भ्याक्सिज हालसम्म ६ देशका ४३ हजार ५० मानिसमा परीक्षण गरिएको छ र, सुरक्षामा कुनै प्रश्न उठेको छैन । तर अहिले जुन डाटा आएको छ, त्यो अन्तिम विश्लेषण होइन । यो पहिलो ९४ स्वयंमसेवकको डाटामा आधारित छ, जसमा कोभिड पोजेटिभ पाइएको थियो । विश्वमा अहिले दजनौं भ्याक्सिन ट्रायलको अन्तिम चरणमा छन्, जसमध्ये केही फेज थ्रीमा पुगिसकेका छन् ।

त्यसमा पनि यो भ्याक्सिनले सकारात्मक नजिता देखाएको छ । यो भ्याक्सिन तीन साताभित्र दुई जोड दिइनेछ । अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफि्रका र टर्कीमा भएो परीक्षणमा सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसको प्रतिरक्षा प्रणाली विकसित भएको पाइएको छ ।

फाइजरको विश्वास छ कि यो वर्षको अन्त्यसम्म यो भ्याक्सिजन ५ करोड जोड उपलब्ध गराउन सकिनेछ भने २०२१ को अन्त्यसम्म १.३ अर्ब डोज तयार हुनेछ । तर यो भ्याक्सिनलाई सबै ठाउँमा पुर्‍याउन चुनौतीपूर्ण छ किनकी माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । साथै प्रतिरोधक क्षमताको असर कहिलेस्म्म रहन्छ भन्ने पनि यकिन भइसकेको छैन । यो खबर अनलाई खबरले लेखेको छ।

फेसबुक प्रतिक्रियाहरु