शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रामेछापमा २ करोड ८० लाख खर्चमा विमान स्थलको स्तर उन्नती हुदै : ८ वटासम्म जहाज हेलिकप्टर समेत अटने बनाईदै
रामेछाप बिशेष

रामेछापमा २ करोड ८० लाख खर्चमा विमान स्थलको स्तर उन्नती हुदै : ८ वटासम्म जहाज हेलिकप्टर समेत अटने बनाईदै

कात्तिक २५,

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित जिल्लाकै एक मात्र विमान स्थलको स्तर उन्नती हुने भएको छ ।

विमान स्थलको धानवमार्ग र पार्किङ क्षेत्रको निर्माणको लागि विमान स्थल कम्पनीले सम्झौत गरेको हो । हाल कुल ५३० मिटर रहेको कालो पत्रे १ सय मिटर थप गरी अब ६३० मिटरको हुने भएको हो ।  विमानस्थल विस्तार योजनाका लागि कान्छाराम कन्स्ट्रक्सनले जिम्मा पाएको छ ।

उक्त कार्यका लागि २ करोड ८० लाख खर्च हुने रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए । पछिल्ला तीन वर्षयता रामेछाप विमास्थललाई सोलुको लुक्लातर्फ पर्यटक र व्यापारिक सामग्री ओसार पसारका लागि प्रयोग गरिएको छ । लुक्लाका लागि पर्यटकीय सिजनमा रामेछापबाट दैनिक १ सय २० वटासम्म उडान भएको तथ्यांक छ । चौरसियाका अनुसार अब रामेछाप विमानस्थलमा एकै पटक ८ वटासम्म जहाज र केही हेलिकप्टर पार्किङ हुन सक्छन् ।

२०३५ सालदेखि सञ्चा्लनमा आएको रामेछाप विमानस्थललाई थप विस्तार गरी पूर्वी पहाडी क्षेत्रका साना विमानस्थलमा सेवा संचालन गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् । काठमाडौंबाट ४ घण्टाको सडकमार्ग पछि पुगिने रामेछाप विमानस्थल काठमाडौं भन्दा पूर्वको सबैभन्दा नजिकको विमानस्थल हो । विमानस्थल १२ महिनै उडान अवतरण गर्न योग्य रहेको चौरसियाले बताए ।

फेसबुक प्रतिक्रियाहरु