जुनेली न्युज,१० बैशाख काठमाडौँ |
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा दीपक रिसालको नाम एक नम्बरमा परे पछी हलचल मच्चिएको छ |
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव समेत रहेका रिसाललाई नगर कमिटीले पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार लागि सिफारिस गरेको हो |
यसैगरी शान्ति नेपाल, गीता सिंखडा र लेख कुमारी पुडासैनी गरी तीन जना उपमेयर उम्मेदवारमा नगर कमिटीले सिफारिस गरेको छ |
क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक प्रभाव बढी भएको तथा एक कुसल नेतृत्वकर्ता भन्दै मेयर उम्मेदवार बन्न योग्य भनेर सिफारिस गरेको छ ।
रिसाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिव हुन् । उनी कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि पनि हुन् र उनि नगरपालिकाका प्रमुख सल्लाहकार पनिं हुन् |
अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हालका मेयर एवम् कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक भने आफू उम्मेदवार बन्ने आकांक्षा राखेका थिए ।
फेसबुक प्रतिक्रियाहरु