बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेयर काँग्रेसले नै पाउनु पर्ने माग गर्दै नाराबाजी
समाचार

मेयर काँग्रेसले नै पाउनु पर्ने माग गर्दै नाराबाजी

जुनेली न्युज, १० बैशाख पोखरा |

नेपाली कांग्रेसका वडा सभापतिहरुले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै काँग्रेसको  जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् |

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको थियो  तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले भने मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् |

पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद छ | केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकाले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताए | “पोखराका वडा होस् वा पालिका गठबन्धन दललाई दिन सकिँदैन | केही वडा सदस्यमा मात्रै सहमति गर्न सकिन्छ | नत्र कांग्रेसलाई आघात हुन्छ, गठबन्धन अगाडि जाँदैन” उनले भने |

फेसबुक प्रतिक्रियाहरु