जुनेली न्युज,०६ बैशाख काठमाडौँ |
बी डिभिजन क्लब नयाँ बस्ती युथ क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन लाख जरीवाना गरेको छ |
मध्यपुर युथ एसोसियनविरूद्धको खेलमा मैदानभित्र अभद्र व्यवहार र अनुशासनहीन काम गरेको भन्दै एन्फाअन्तर्गतको लिग कमिटीको बैठकले नयाँ बस्तीलाई जरीवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको हो |
क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने फुटबल गतिविधिमा सहभागीता हुन नपाउने निर्णय गरेको छ भने क्लब व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष फुटबलमा प्रतिबन्ध लगाएको छ |
गएको चैत २६ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मध्यपुर युथसँग ३–१ अन्तरले पराजित भएसँगै क्लबका प्रतिनिधिले भौतिक सामग्री तोडफोड गरेका थिए |
फेसबुक प्रतिक्रियाहरु