बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सत्ता गठबन्धनको बैठक सुरु
समाचार

सत्ता गठबन्धनको बैठक सुरु

जुनेली न्युज,०६ बैशाख काठमाडौँ |

 

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ |

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर अहिले ३ बजेदेखि सुरु गरेको हो |

गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले बैठकको लागि  समय मागेकाले बैठक सारिएको थियो | सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन |

फेसबुक प्रतिक्रियाहरु