बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महानगरको भागबण्डा : भरतपुर माओवादी र पोखरा समाजवादीलाई
समाचार

महानगरको भागबण्डा : भरतपुर माओवादी र पोखरा समाजवादीलाई

जुनेली न्युज, ०६ बैशाख काठमाडौँ |

नेपाली काँग्रेसले पोखरा महानगरको दाबीबाट पछी हटेपछि सत्ता गठबन्धनको महानगर भागबन्डा टुंगिएको छ | यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन |

पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए |

यो सँगै मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् |

फेसबुक प्रतिक्रियाहरु