शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एन्फा द्वारा नयाँ बस्ति युथ क्लब लाई तिन लाख जरिवाना
समाचार

एन्फा द्वारा नयाँ बस्ति युथ क्लब लाई तिन लाख जरिवाना

खेलाडी र अफिसिअललाई प्रतिबन्ध

जुनेली न्युज,०६ बैशाख काठमाडौँ |

 

बी डिभिजन क्लब नयाँ बस्ती युथ क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन लाख जरीवाना गरेको छ |

मध्यपुर युथ एसोसियनविरूद्धको खेलमा मैदानभित्र  अभद्र व्यवहार र अनुशासनहीन काम गरेको भन्दै एन्फाअन्तर्गतको लिग कमिटीको बैठकले नयाँ बस्तीलाई जरीवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको हो |

 

क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने फुटबल गतिविधिमा सहभागीता हुन नपाउने निर्णय गरेको छ भने  क्लब व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष फुटबलमा प्रतिबन्ध लगाएको छ |

गएको चैत २६ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मध्यपुर युथसँग ३–१ अन्तरले पराजित भएसँगै क्लबका प्रतिनिधिले भौतिक सामग्री तोडफोड गरेका थिए |

फेसबुक प्रतिक्रियाहरु