जुनेली न्युज,२८ चैत काठमाडौँ |
नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले गर्दा देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् | सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव उनले यस्तो बताएका हुन् |
उनले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेकोले यसतर्फ सचेत हुनुपर्ने बताए एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा पनि स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको बताए |
उनले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए ।
फेसबुक प्रतिक्रियाहरु