बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • गठबन्धनको संयुक्त अपील जारी :सहयोग, सहकार्य को प्रणसहित तालमेल गर्न निर्देशन
समाचार

गठबन्धनको संयुक्त अपील जारी :सहयोग, सहकार्य को प्रणसहित तालमेल गर्न निर्देशन

जुनेली न्युज,२८ चैत काठमाडौँ |

सत्ता  गठबन्धनले आपसि सहयोग, सहकार्य र स्थान अनुसार गठबन्धनभित्रै तालमेल गर्न निर्देशन दिँदै आज संयुक्त अपील जारी गरेको छ |

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शिर्ष नेताहरुको  बैठकमा तालमेलको मोडालिटिबारे छलफल गर्दै यस्तो अपील जारी गरिएको हो |
सत्ता गठबन्धनका पाँच दलका तर्फबाट जारी सामूहिक अपीलमा आपसी सहयोग गर्ने प्रण गरिएको छ | तालमेलका विषयमा स्थानीय स्तरमा देखिएका केही असहजतालाई सम्बोधन गर्दै गठबन्धनले यस्तो प्रणसहितको निर्देशन जारी गरेको हो |
साथै गठबन्धनले अहिलेपनि संविधानविरोधी र लोकतन्त्र विरोधीहरु सलबलाईरहेको भन्दै प्रतिगामी शक्तिलाई परास्त गर्न झन एकतावद्ध हुनुको विकल्प नभएको जनाएको छ |
अपिलमा, “लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छ र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं” ,भने उल्लेख गरिएको छ |
अपीलमा नेपाली कांग्रेसका तर्फबाट प्रभानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका तर्फबाट पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका तर्फबाट सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका तर्फबाट बरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् |

फेसबुक प्रतिक्रियाहरु