जुनेली न्युज काठमाडौँ २३ चैत,
बैशेख ३० गते हुने स्थानीय निर्बाचनमा दलहरुले राति प्रचारप्रसार गर्न नपाउने भएका छन् | निर्बाचन आयोगको आचारसंहिता र दलहरुले गरेको प्रतिबद्धता पत्रमा प्रचारप्रसारको समय तोकिएको छ |
चुनाब प्रचारप्रसार का काम बिहान ८ बजे देखि साँझा ७ बजे सम्म गर्न पाइने छ |
आयोगले मंगलबार दलहरुलाई यो आचारसंहिता कार्यान्वयनमा प्रतिबद्दता लिएको छ |
आयोगले दिएको ६० बुँदे निर्देशनको १७ नं बुँदामा प्रचारप्रसारबारे समय निर्धारण गरेको उल्लेख छ | जहाँ ‘जुलुस, आमसभा,कोणसभा, बैठक, भेला वा कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजे सम्म मात्र गर्ने,’ उल्लेख गरिएको छ |
चुनाब को दिन उम्मेदारले लिने सवारी साधन मतदाता बोक्नप्रयोग गर्न नपाइने आयोगको भनाइ छ |
फेसबुक प्रतिक्रियाहरु