बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थको आयात घटाउन राष्ट्र बैंकको सुझाब
आर्थिक

पेट्रोलियम पदार्थको आयात घटाउन राष्ट्र बैंकको सुझाब

जुनेली न्युज काठमाडौँ,२३ चैत

नेपाल राष्ट्र बैंक ले पेट्रोलियम पदार्थको आयात आधा घटाउन सरकारलाई सुझाब दिएको छ | सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंक ले अर्थतन्त्रको बर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाब पठाउदै यस्तो सुझाब दिएको हो |

राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबरको मात्रै भुक्तानी हुने गरि पेट्रोलियम पदार्थको आपूर्ति गर्न सुझाब दिएको छ |

राष्ट्र बैंकको प्रस्ताब अनुसार आयात गर्दा आधा भन्दा बढी आपूर्ति कटौती हुन्छ जसले गर्दा पेट्रोलिम पदार्थको चरम अभाब हुन सक्ने निगमका अधिकारीहरु बताउछन |

नेपाल आयल निगमले पछिल्ला महिनामा २४ देखि २९ अर्ब रुपैयाँ बराबरको पेट्रोलिम पदार्थ खरिद गरेको अधिकारी बताउछन |

 

फेसबुक प्रतिक्रियाहरु