जुनेली न्युज,काठमान्डौ,
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा ४६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र ४० वटा साना राजनीति दल दर्ता भएको बताए ।
‘काठमाडौं जिल्लामा सबैभन्दा बढी ४० साना दलहरू स्थानीय तह निर्वाचनका लागि दर्ता भएका छन् । त्यस्तै काठमाडौंमा ४६ वटा दल दर्ता भएका छन्‚’ उनले भने, ‘मनाङ, मुस्ताङ र डोल्पामा भने सबैभन्दा कम ५ वटा साना दल दर्ता भएका छन् । यी दुई जिल्लामा जम्मा ११-११ वटा राजनीतिक दल चुनावमा सहभागी हुनेछन् ।’
उनले काठमाडौँको मतपत्रमा ६० वटा लहर हुने बताए । ‘ठूलो सहरमा मतदानपछि मात्रै मतपत्र छाप्ने तयारी छ‚’ पौडेलले भने ।
फेसबुक प्रतिक्रियाहरु