बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एउटा टिमबाट क्षेत्रीय सभापतिमा दिपेन्द्र लामा, प्रदेश ‘क’ काजु, प्रदेश ‘ख’ बिमल ठकुरीको उम्मेदवारी घोषणा
गोकर्नेश्वोर बिशेष

एउटा टिमबाट क्षेत्रीय सभापतिमा दिपेन्द्र लामा, प्रदेश ‘क’ काजु, प्रदेश ‘ख’ बिमल ठकुरीको उम्मेदवारी घोषणा

जुनेली न्युज, काठमाडौँ | काठमाडौँ क्षेत्र नं ३ को राजनीतिमा २ ओटा गुट देखिएको छ | केन्द्रको गुटको आधारमा यहि गुटको भनेर एकिन गर्न नसके पनि क्षेत्रमा भने २ गुट राम्रो संग छुटिएको छ | अब आउने १४ औ महाधिबेनमा कसको टिम जिताउने भन्ने तिर लागि परेका छन् | एउटा टिमले क्षेत्रको सभापतिमा दिपेन्द्र लामा, प्रदेश क को सभापतिमा चंद्रदिप लामा काजु, र प्रदेश ख को सभापतिमा बिमल ठकुरी भनेर नाम ल्याएको छ |

May be an image of 7 people and text that says 'राष्ट्रियता! लोकतन्त्र!! समाजवाद!!! सबै अद्ने देश सवैलाई जोडने काँग्रेस 9४ठओ महाधिवेशन भव्य रुपमा सफल गरी चन्द्र दिप लामा (काजु) प्रदेश सभापति उमेदवार काठमाडौं क्षेत्र नं ३ (क) नेपाली कांग्रेस ९७४५३००८४४ अत्याधिक मत दिएर बहुमतले विजयी गराओं जय नेपाल'परिवारीक राजनीतिक पृष्ठभूमि भएका  युवा  नेता काठमाडौं  जिल्ला क्षेत्र न ०३  प्रदेश  ‘क’ को सभापति को प्रत्यासी कामनपा वडा न ०६ निवासी  चन्द्रदीप लामा ‘काजु’ ले पनि प्रदेश सभापति  आफनो उम्मीदवारी घोषणा गरेका छन। वि. स. २०२४ पुस महिना १४ गते पिता स्व. चित्र कुमार लामा र आमा विष्णुमाया लामा को कोख बाट जन्मेका हुन। वि.स २०४२ साल देखि नै ने कांग्रेस को कृयासील सदस्य रहेका लामा सामाजिक कृयाकलप मा निरन्तर सकृया रहि धेरै योगदान पुर्याउदै आएका छन। नेपाली कांग्रेस पार्टी भित्रै पनि मौलाउदै गएको विकृति विसंगति र निषेधको राजनीतिक लाई निस्तेज बनाई विचार संस्कार र आदर्श को परिपाटी लाई स्थापित गर्नको लागि पनि आफूनो सभापतिका उम्मेदवारमा दाबी गरिएको बताएका छन् ।

May be an image of 7 people and text that says 'राष्ट्ियता! लोकतन्त्र!! समाजवाद!!! सबै अदने देश सबेलाई जोडने काँग्रेस 9ठ्ठओ महाधिवेशन भव्य रुपमा सफल गरी दिपेन्द्र लामा सभापति उमेदवार काठमाडौं क्षेत्र नं ३ नेपाली कांग्रेस ९८५१०४८८१५ अत्याधिक मत दिएर बहुमतले विजयी गराओं जय नेपाल'

काठमाडौ जिल्ला क्षेत्र नं ३ अन्तर्गत काठमांडू महानगरपालिका बौद्ध, वडा न०६ निवासी दीपेन्द्र लामा(दिपेन),पिता स्व.विवेक लामा र आमा मेनुका लामा स्याङ्तानको कोखबाट मिति २०२७ साल ११ महिना २८ गते जन्मनु भएको हो।लामो समय देखि नेपाली कांग्रेसमा आवद्ध  रही आएको लामाले वि.स. २०४६ साल देखि नै कृयासील सदस्यता प्राप्त गर्नु भई नेपाली कांग्रेस को राजनीतिक यात्र को दौरनमा वि.स.२०५० सालमा ने वि संघ,वडा न ०६ बौद्धको सभापति, त्यसै गरि वि.स. २०५२ सालमा ने वि संघ काठमांडू जिल्ला कोषाध्यक्ष रही कामनपा वडा न०६ ईकाइ सचिव, ने का उपत्यका समन्वय समिति सदस्य, र ने का जनजाति विभाग को केन्द्रीय सदस्य समेत रहनु भएका छ ।नेपाली कांग्रेस क्षेत्र न ०३ को आसन्न १४औ अधिवेशन काठमाडौँ  जिल्ला क्षेत्र न. ०३ को क्षेत्रको सभापतिमा आफनो दावी सहित उम्मेदवारी घोषणा गरेका छन् ।

May be an image of 7 people and text that says 'राष्ट्रियता! लोकतन्त्र!! समाजवाद!!! सबै अद्ने देश सबेलाई जोडने काँग्रेस १ठठओ महाधिवेशन भव्य रुपमा सफल गरी adidas बिमल ठकुरी प्रदेश सभापति उमेदवार काठमाडौं क्षेत्र नं ३ (ख) नेपाली कांग्रेस अत्याधिक मत दिएर बहुमतले विजयी गराओं जय नेपाल'

काठमाडौँ क्षेत्र नं ३ प्रदेशसभा ख बाट बिमल ठकुरीले उम्मेदवारी दिएका छन् | स्वर्गीय चक्र बहादुर ठकुरीको कोखबाट जन्मिएका उनि आफ्नो बाबुको मृत्यु पश्चात राजनीतिमा सक्रिय रुपमा आएका हुन् | गत चुनाबको  प्रदेशसभा सदस्यमा काठमाडौँ क्षेत्र नं ३ प्रदेश ख बाट  उनले टिकट पाएका थिए तर झिनो मतले पराजित भएका थिए | पार्टीको महासमिति सदस्य रहेका उनि क्षेत्रीय प्रर्तिनिधि समेत रहेका छन् |

फेसबुक प्रतिक्रियाहरु