बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काठमाडौँ क्षेत्र नं ३ प्रदेस ‘क’ को सभापतिमा २ उम्मेदवार, कसले मार्ला बाजी
गोकर्नेश्वोर बिशेष

काठमाडौँ क्षेत्र नं ३ प्रदेस ‘क’ को सभापतिमा २ उम्मेदवार, कसले मार्ला बाजी

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेस १४ औं महाधिबेशनको लागि  काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ को सभापतिमा हाल सम्म देखिएका २ जना उम्मेदवार भएका छन् | उम्मेदवारहरुमा श्रीराम चालिसे र चन्द्रदीप लामा ‘काजु’ को नाम अगाडी आएको छ | कांग्रेसको केन्द्रको गुटको प्रभावले गर्दा यी दुइबीच सहमति नहुने र चुनाबि प्रतिस्पर्धामै जाने कुरा बाहिर आएको छ |


श्रीराम चालिसे

नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि रहेका श्रीराम चालिसेले काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) को सभापतिको उम्मेदवारी  घोषणा गरे संगै चुनाबी माहोलमा हुम्मी सकेका छन् |  घोषणा संगै आफु निकट प्रतिस्पर्धीलाइ   जित्ने कुरामा पनि  ढुक्क रहेको जुनेली न्युजलाई बताउनु भयो |

राजनीतिक पृष्ठभूमि 

नेपालि काँग्रेस बिधार्थी संगठन नेपाल बिधार्थी संघ बाट २०४६ सालमा साधारण सदस्य बाट सुरु गरेर हाल काठमाडौँ क्षेत्र नं ३ बाट  नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहेका छन् |  नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहदा विषम परिस्थितिमा बिभिन्न निकाय संग समन्वय राखी शारीरिक रुपमा अपाङ्ग रहेका देश भरिका करिब २०० भन्दा बढी व्यक्तिहरुलाई  ह्विल चियर वितरण गरेको साथै  विभिन्न बिद्यालयमा बिधार्थिहरुलाई झोला सहितको पाठ्य सामग्री ५ हजार थान वितरण गरेको, निजि श्रोत परिचालन गरि धेरै खेलकुद क्लबहरुलाई जर्शी लगायतका खेलकुद सामग्री प्रदान गरेर  अनबरत रुपमा संगठन बिस्तारको काम गरेको उहाको भनाइ छ |


चन्द्रदीप लामा (काजु)

तेस्तै प्रदेश ‘क’ मा चन्द्रदीप लामा (काजु) ले सभापतिको उम्मेदवारी दिएका छन् | उम्मेदवारी घोषणा गरे संगै चुनाब कसरि जित्ने भन्ने तर्फ लागि परेका छन् |  विचार संस्कार र आदर्शको राजनीति गर्नुपर्छ भन्दै अब राजनीतिमा नया सोच लिएर आएकोले सभापतिमा उम्मेदवारि  दाबी गरेका हुन् |

राजनीतिक पृष्ठभूमि 

परिवारीक राजनीतिक पृष्ठभूमि भएका उनि वि. स. २०२४ पुस महिना १४ गते पिता स्व. चित्र कुमार लामा र आमा विष्णुमाया लामाको कोख बाट जन्मेका हुन। वि.स २०४२ साल देखि नै  कांग्रेसको कृयासील सदस्य रहेका लामा सामाजिक कार्यमा निरन्तर सकृया रहि धेरै योगदान पुर्याउदै आएका छन। बौद्धका भिन्न क्लब संघ संस्थाहरुलाई निरन्तर साथ् र सहयोग गर्दै आएका उनि अबको दिनमा झन् बढी प्राथमिकतामा रकने सोच भएको बताए | नेपाली कांग्रेस पार्टी भित्रै पनि मौलाउदै गएको विकृति विसंगति र निषेधको राजनीतिक अन्त्य गर्ने उहाको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु