शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’ को सभापति सहित ४ उम्मेदवार फाइनल, को को हेर्नुहोस्
गोकर्नेश्वोर बिशेष

काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘ख’ को सभापति सहित ४ उम्मेदवार फाइनल, को को हेर्नुहोस्

जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र न ३ प्रदेश ‘ख’ को अधिबेशनका लागि उम्मेदवारहरुको घोषणा भएका छन्  | हिजो गागलफेदी काठमाडौँमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा वर्तमान क्षेत्रीय सभापति सन्तोष चालिसेले समर्थन गरेर नाम फाइनल भएको हो | जसमा हाल प्रदेश ‘ख’ का  संयोजक समेत रहेका   श्रीकृष्ण थापा प्रदेश सभापतिमा,  गोकर्नेश्वोर वडा नं ७ का पुर्व इकाई सभापति श्याम रायमाझी प्रदेश उप सभापति,  गोकर्णका विकेश श्रेष्ठ प्रदेश उपसभापतिमा, तेस्तै  पुर्व बालुवा इकाई सभापति मुरारी भण्डारी प्रदेश सचिबमा  गरेर ४ जनाको नाम फाइनल भएको हो |

बाकि अन्य उम्मेदवार पार्टीका साथीहरु संग छलफल गरेर दलित, जनजाति, महिला, मधेशी, सबै वर्ग मिलाएर नाम ल्याउने काठमाडौँ  जिल्ला कोषाध्यक्ष गोबिन्द पुडाशैनीले बताउनु भयो|

कार्यक्रममा  बोल्दै क्षेत्रीय सभापति सन्तोष चालिसेले भन्नु भयो ‘ हामी संग सबै साथीहरु हुनुहुन्छ, महिला संघ यहि छ, बिधार्थी संघ यहि छ , तरुण दल यहि छ, जनजाति संघ यहि छ, जिल्लाका नेताहरु यहि हुनुहुन्छ, प्रदेश साँसद हामि संगै हुनुहुन्छ त्यसो भएको कारणले हामीले चुनाब जिती सक्यौ’|   टिम फरक देखि सकेको छ तर पनि हामीले जित्ने कुरामा कुनै शंखा नभएको उहाले बताउनु भयो |

तेस्तै कार्यक्रममा बोल्दै महाधिबेशन  प्रतिनिधि दिपक रिसालले अब हामि खुरापाती नेतृत्व, भ्रष्ट नेता रोज्दैनौ, काठमाडौँ क्षेत्र नं ३ ले जिल्ला देखि केन्द्र सम्म हल्लाउन  सक्छ भनेर उद्घोष गर्नु भएको थियो | अब हामि चुनाब भरि आफ्नो टिमलाइ  जिताउन अहोरात्र खट्ने सम्म उहाले बताउनु भयो |

फेसबुक प्रतिक्रियाहरु