शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जुरी–नेपालको वार्षिक साधारण सभा सम्पन्न, ११ नयाँ कार्यसमिति चयन
शिक्षा

जुरी–नेपालको वार्षिक साधारण सभा सम्पन्न, ११ नयाँ कार्यसमिति चयन

जुनेली न्युक, काठमाडौं। जुरी–नेपालको सेमी भर्चुअल दशौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। अधिवक्ता श्यामकुमार विश्वकर्माको अध्यक्षतामा भएको साधारण ११ सदस्यीय नयाँ कार्यकारी समिति चयन गरिएको छ।

दुई वर्ष कार्यअवधि रहेको कार्यकारी समितिको उपाध्यक्षमा अधिवक्ता रुकमणी महर्जन, महासचिवमा अधिवक्ता शसी बस्नेत, कोषाध्यक्षमा अधिवक्ता शर्मिला पराजुली र सचिवमा अधिवक्ता गोपी पराजुली निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारी सदस्यहरुमा अधिवक्ता आरती विष्ट राणा, अधिवक्ता निराजन थपलिया, अधिवक्ता मोहन शासंकर, श्री ऋषि न्यौपाने, अधिवक्ता उमा जोशी र अधिवक्ता सरजराज थापा निर्वाचित भएका हुन्।

नया पदाधिकारहरुलाई अध्यक्ष बिश्वकर्माले सफलताको हार्दिक सुभकामना समेत दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु