बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बौद्ध इकाइ सभापतिका उम्मेदवार विवेक लामालाई जिताउन लागि परे नेताहरु, ८० जना प्रतिनिधि आउँदा क्षेत्र नं ३ मै हलचल हुन सक्ने
Breaking News

बौद्ध इकाइ सभापतिका उम्मेदवार विवेक लामालाई जिताउन लागि परे नेताहरु, ८० जना प्रतिनिधि आउँदा क्षेत्र नं ३ मै हलचल हुन सक्ने

जुनेली न्युज, काठमाडौँ |  नेपाली काँग्रेस  १४ औं महाधिबेशनको लागि काठमाडौँ  क्षेत्र नं ३ काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध इकाई सभापतिका  दाबेदार रहेका विवेक लामा र उनको टिमलाइ  सोहि क्षेत्रका नेताहरुले भोट मागेका छन् | आज भएको क्रियाशील भेलामा बर्तमान इकाइ सभापति भुवन लामाले आजकै मितिबाट हामि बिबेक लामाको टिमलाई जिताउन प्रतिबद्धता रहेको बताएका छन् | तेस्तै प्रदेशसभा  संसाद मा. छरिंग दोर्जे लामाले समेत बिबेक लामाको टिमलाइ जिताउन आग्रह गरेका छन्

काठमाडौँ क्षेत्र नं ३ मा सबै भन्दा शक्तिशाली मानिएको वाडमा को सभापति आउछ भन्ने कुरा सबैको चासो बिषय बनेको छ | क्षेत्रीय कार्मायसमितिमा  कसलाई जिताउने कसलाई हराउने भन्ने कुरामा बौद्ध ६ इकाईको भोटले ठुलो भूमिका खेल्ने कुरामा दुइ मत नरहेको नेताहरुको भनाइ छ | काठमाडौँ महानगरपालिका ६ ,बौद्ध बाट क्षेत्रीय प्रतिनिधिमा ८० जना हुनेछन | यो भनेको क्षेत्र भरिका वडा को भन्दा सबै भन्दा बढी प्रतिनिधि संख्या हो | यस वडामा ९०० भन्दा बढी क्रियाशील रहेका छन् |

जस्तोसुकै प्रतिद्वन्दी आएपनि आफु इकाई सभापतिबाट नहट्ने र अरुलाई पनि नछोड्ने, चुनावमै जान पनि पूर्ण  रुपमा तयार रहेको विवेक लामाले जुनेली न्युजलाई बताउनु भयो |

https://www.facebook.com/597690819/videos/pcb.10160006274675820/380120856978612

https://www.facebook.com/597690819/videos/pcb.10160006274675820/300637081826193

फेसबुक प्रतिक्रियाहरु