बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मेरो उम्मेदवारी काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ को सभापतिमा हो, डा. सुन्दर सिंह बोहरा
गोकर्नेश्वोर बिशेष

मेरो उम्मेदवारी काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ को सभापतिमा हो, डा. सुन्दर सिंह बोहरा

जुनेली न्युज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवशनको लागि  काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेदवारी घोषणा गरेका छन्। प्रदेश सभा क मा पर्ने काठमाडौं महानगरपालिका वडा न ६  र गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९  का अग्रज, क्रियाशिल र पार्टीका शुभचिन्तकहरुसँग प्रतक्ष्य भेटेर छलफल पश्चात्  उम्मेदवारी घोषणा गरेको उनले  बताए ।

डा.बोहराले २०४८ सालको आम निर्वाचनमा श्रद्धेय सन्त नेता कृष्ण प्रसाद भट्टराईको पक्षमा वडास्तरीय प्रचारप्रसार उपसमितिमा रहेर कार्य गरेका र १२ औं वडास्तरीय अधिवेशनलाई निर्वाचन अधिकृतको भूमिकामा काम गरेका थिए ।

सिंघानीया युनिभर्सिटि र त्रिभूवन विश्वविद्यालयको सम्वन्धन प्राप्त नेतृत्व विकासमा विद्यावारिधी गरेका बोहराले स्थानीय स्तरको चुनाव सफल बनाउन हरेक पटक अग्रणी भूमिका खेलेको बताए । उनले आजको विद्यमान राजनीतिक परिवेशमा सफल र सबल नेतृत्व प्रदान गर्ने राजनीतिज्ञ कमै देखिएको, बौद्धिक वर्गले राजनीतिमा जान नचाहेको परिस्थितीमा जनताको सेवा गर्ने उदेश्य बोकेर, प्रदेश समितिलाई चलायमान, सुदृढ र सक्षम नेतृत्व दिन आफूले आत्म विश्वासका साथ चुनावी मैदानमा अगाडी बढेको बताए ।

उनले प्रदेश सभा (क) को सभापतिका रुपमा आफूले कमिटिलाई सबल र सक्षम नेतृत्व गर्ने दावि गर्दै बौद्ध वडा नं. ६ मा प्रदेश कमिटिको कार्यालय आफ्नै पहलमा र आर्थिक व्यवस्थापनमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टी संगठनलाई विधि पद्धती अनुसार सञ्चालन गर्दै अग्रजलाई सम्मान र युवाहरुलाई प्रशिक्षण, अवसर र सहकार्यको बतावरण बनाउने बताए । उनले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आफूले सँधैं शिरोपर गर्ने बताउँदै आफू प्रदेश (क) सभापति भएमा विचार, संस्कार, अनुशासन, सम्मान र निष्ठाको राजनीति गर्दै यही सिद्धान्तलाई व्यवहारिक अभ्यास गर्नका लागि आउने पुस्तालाई स्कुलिङ गर्ने बताए ।

उनले भने ‘म आफ्नो लगनशीलता, अनुशासन, दक्षता र समपर्णबाट पार्टीलाई बलियो बनाउनेछु । अग्रज नेता, क्रियाशिल साथीहरु, पार्टीका शुभचिन्तकहरुसँगको भेटघाट, छलफलका क्रममा उहाँहरुले देखाएको सद्भावले विश्वस्त छु कि मैले सबैको सहयोग र सहकार्यबाट प्रदेश सभापतिको जिम्वेवारी लिने मौका पाउने छु ।’

फेसबुक प्रतिक्रियाहरु